पुर्खाले बनाएकाे सिचाई कुलाे पहिराेमा परिणत स्थानिय श्रमदानमा जुट्दै

पचालझरना गाउपालिका वडा न ९ मा रहेकाे सिचित जमिन बाझाेमा परिणत हुन थालेकाे छ। हुलाकि मार्ग कटानका क्रममा पाच सय मिटर सिचाई  कुलाे पुरिदा सिचित जमिन बाझाे हुन थालेकाे हाे । १५० घरधुरि रहेकाे टाेलमा बिगत दुई बर्ष यता खेतमा स्थानियले बालि लगाउन पाएका छैनन । बालि लगाउछाै पानी नहुदा उत्पादन हुदैन कृषकले खालि दुख मात्रै गरि रहेकाे स्थानिय कल दमाईले दुखेसाे पाेखे,कुलाे पहिराेमा परिणत भए पछि कुनै पनि निकायकाे ध्यान नगए पछि वडा अध्यक्ष ललिजन बहादुर शाहीकाे पहलमा निरन्तर तीन दिन सम्म श्रमदान गरि कुलाे सचालन गर्न प्रयास गरिरहेकाे स्थानिय जाेरे तिरुवाले बताए । उब्जनि नहुदा परिवार पाल्नकै लागि भारत तिर जानू पर्ने बाध्यता यहाकाे बासिन्दाकाे रहेकाेछ । केही समयका लागि भए पनि खेतमा पानी पुर्याउने तयारिमा छाै, बर्खायाम सुरुवात हुदैछ,कुलाे दिगाे सचालनमा समस्या उत्पन्न हुने निश्चित भएकाले समयमानै बजेट ब्यबस्थापन गर्न नसकिए समस्या जस्ताकाे तस्तै हुनेछ, वडा अध्यक्ष शाहीले बताए । स्थानिय सरकार प्रदेश सरकार तथा सघकाे सरकारलाई दिगाे कुलाे सचालनका लागि बजेट ब्यबस्था गरिदिन वडा अध्यक्ष शाहीले ध्यान आकर्षकाे लागि सामाजिक सजालमा स्टाटस समते पाेष्ठ गरेकाे बताए ।

तपाईको प्रतिक्रिया