नन्दकेश अधिकारी
२०७९ चैत्र १
सुर्खेत जिल्लाकाे विरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ काे तातापानीमा रहेको हार्भेष्टमुन सेकेन्डरी बोर्डिङ्ग स्कुलले आफ्नो १७ औ स्थापना दिवस भव्य रूपमा मनाएको छ ।
विद्यालयका संस्थापक तथा सल्लाहकार गणेश प्रसाद भट्टराई काे सभाध्यक्षता, विरेन्दनगर नगरपालिका का उपप्रमुख निलकण्ठ खनालको प्रमुख आतिथ्यता साे कार्यक्रम भएको हाे ।
यस्तै विद्यालय संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण भट्टराई ,विध्यालय ब्यबस्थापन समिति सदस्य कुशुम भट्टराई ,रमेश भट्टराई काे समेत आथित्यता रहेको कार्यक्रममा विरेन्दनगर ३ का वडा अध्यक्ष विनाेद सिह विष्टकाे विशेष आथित्यता समेत रहेको थियाे ।
कार्यक्रममा विद्यालयले आफ्नो विद्यालयकाे ऐतिहासिक पृष्ठभूमि ,
भाैगाेलिक अबस्था ,समुदायको छनाेट ,भाैगाेलिक व्यवस्थापन ,विद्यालयकाे भावि याेजना र विद्यालयकाे ऐतिहासिक सफलता समेत प्रस्तुत गरेको थियाे ।
विद्यालयले आफ्नो स्थापना दिवसका अवसरमा बिद्यालयसंग
सम्बन्धीत बिभिन्न ब्यक्तीहरुलाई सम्मान गर्दै उक्त कार्यक्रम मनाएको हो ।
कार्यक्रममा प्रमुख अथिती तथा नगर उप प्रमुख निलकण्ठ खनालले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्ना नानीबावुलाई होस्टेलमा राखेर पढाउनु भन्दा अबिभावकले घरमा समय दिएर नानीबाबुकाे भविष्य प्रति ध्यान दिनु पर्ने बताउनु भयाे ।
साे कार्यक्रममा बिभिन्न कक्षाका बिद्यार्थी भाइ वहिनीहरुले शिक्षा सम्बन्धी विभिन्न नृत्य, नाटक, गित प्रस्तुत गरेर मनोरञ्जन गरेका थिए ।
कार्यक्रमका अवसरमा ३ जना लामाे समय सम्म बिद्यालयमा रहेर उत्कृष्ट काम गर्ने शिक्षक चन्द प्रसाद ढकाल , शिक्षिका लक्ष्मी राेकाया ,सरिता उपाध्याय र दिपा शाहीलाई सम्मान समेत गरिएको थियो भने विद्यालय प्रति माया गर्ने र समाजसेवा गर्ने व्यक्तिलाई मायाकाे चिनाे समेत दिईएकाे थियाे ।
साझा रैबार । १ चैत्र २०७९, बुधबार २१:४३